भारतीय टिभी सो बिग बोस १३ मा निकै चर्चामा रहेका सिद्धार्थ शुक्ला तथा शहनाज गिलले एक अर्कालाई विवाह गर्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् । यहीबीच यी दुई अभिनेताबाट विवाहबारे तयारी सुरु भएको पनि भारतीय मिडियामा समाचार आएको छ ।
भारतीय मिडिया हिन्दुस्तान टाइम्समा छापिएको समाचार अनुसार शहनाजलाई आफ्नो जीवनको हिस्सा होस् भन्ने चाहना राखेको अभिव्यक्ति सिद्धार्थले दिएका छन् ।
‘म उनीसँग सम्पर्कमा रहिरहेको छु र जब समय मिल्छ म सम्पर्क गरिहाल्छु,’ सिद्धार्थले भनेका छन्, ‘उनी मेरो जीवनको हिस्सा भए हुन्थ्यो जस्तो लाग्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।