के चीनमा कोरोना भाइरस साँच्चिकै नियन्त्रणमा आएको हो ? कि सेन्सरसिप गर्दैछ चीन ?

एजेन्सी– चीनको एक प्रमुख पत्रिका ग्लोबल टाइम्समा आज मुख्य समाचार छापिएको छ– चीन अँध्यारो क्षणबाट बाहिर आयो ।

यो समाचारमा चिनियाँ राष्ट्र सी जिनपिङको वुहानमा भएको यात्रालाई निकै प्राथमिकताका साथ राखिएको छ । अनि दाबी गरिएको छ– चीनमा अब कोरोना भाइरस संक्रमितहरुको संख्या निकै घटेको छ । 

चिनियाँ सन्चारमाध्यममा मात्र होइन, सरकारी अधिकारी तथा सरकारी समाचार एजेन्सीले पनि यही विषयमा लेख्न थालेका छन् । चिनियाँ सरकारी सन्चार एजेन्सी सिन्ह्वाले पछिल्लो समय चीनमा देखिएका ६ घटना चीनबाहिरबाट आएको दाबी गरेको छ । तीमध्ये पाँच संक्रमित इटाली र एक अमेरिकाबाट आएको बताइएको छ ।

सिन्ह्वाले त लगातार त्यहाँको सरकारको प्रशंसा गर्दै समाचार छापिरहेको छ, ट्विट गरिरहेको छ । अनि चीनले पनि नयाँ संक्रमित नआएको दाबी गरेको छ । यो दाबी मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोनाबाट सबैभन्दा बढी प्रभावित वुहान प्रान्तमा पुगेपछि अझ धेरै आइरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको यो भ्रमण पनि यही सन्देश दिन गरिएको सबैले बताइरहेका छन् ।

यसअघि चीनमा कोरोना भाइरस संक्रमितको संख्या ८०७५४ पुगेको र ३१३६ जनाको मृत्यु समेत भएको बताइएको थियो ।

चीनले यसरी दाबी गर्नु एउटा पक्ष भए पनि केही आलोचकहरुले चिनियाँ सरकारको आलोचना गरेका छन् । उनीहरुले चिनियाँ सरकारले सेन्सरसिप लगाएको र वास्तविक समाचार बाहिर नल्याएको आरोप लगाएका छन् ।



किनकि चीनले पछिल्लो समय इन्टरनेटमा केही सामग्रीहरु ब्लकसमेत गरेको छ । चीनमा कोरोना भाइरस रोकथामका लागि आवश्यक उपकरण नभएको एउटा भिडियो निकै भाइरल भएको थियो । भिडियोमा एक चिकित्सकले चिनियाँ सरकारको आलोचना गरेका थिए । तर, अब यो भिडियो इन्टरनेटमा उपलब्ध छैन । यसको अर्थ हो, चीनले यो भिडियो इन्टरनेटबाट नै निकालिदिएको छ ।

त्यस्तै, आफ्नी आमाको मृत्यु पछि रोइरहेकी एक युवतीको भिडियो पनि अब हटाइएको छ । केही पहिले कोरोनाबारे पहिलो पटक जानकारी दिएका ली वेन लियाङले पनि अस्पतालबाट एउटा भिडियो बाहिर ल्याएका थिए । तर, चिनियाँ सरकारले उनलाई चुप लगाएको आरोप लगाइएको छ । यी चिकित्सकको अब त मृत्यु भइसकेको छ ।



त्यसैले, आलोचकहरुले चीनको सकारात्मक पहललाई स्वीकार गर्दै उसले पछिल्लो समय सेन्सरसिप लगाउन थालेको आरोप लगाउन थालेका छन् ।

त्यसो त सन् २००२ मा सार्स भाइरसको संक्रमण व्यापक भएपछि पनि यस्तै स्टेप लिइएको थियो । अनि त्यसलाई पनि सेन्सरसिप गर्न खोजिएको थियो । 

त्यति बेला चीनले वास्तविक जानकारीहरु लुकाउन प्रयास गरेको बताइएको छ । 

त्यसैले अहिले पनि विश्वका विज्ञहरुले चीनले कोरोना भाइरसबारे सेन्सरसिप लगाउन सुरु गरेको आरोप लगाएका छन् ।

  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १३:५०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया