एनआईसी एशिया र लुम्बिनी ग्रुपबीच रेमिट्यान्स सेवाका लागि सम्झौता

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबारसमेत सुरु भएको छ । एनआईसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिरनाथ पाण्डेले यसबारे जानकारी गराएक हुन् । 

उक्त सम्झौतापश्चात् अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीले लिगल रेमिटबाट रकम पठाएर एनआइसी एसिया बैंकको एनआइसी एसिया रेमिटमार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । लिगल रेमिटमार्फत अष्ट्रेलियामा रहेका नेपालीले पठाएको विप्रेषण रकम नेपालमा रहेका उनीहरुका आफन्त वा अन्य व्यक्तिले एनआईसी एशिया बैंकमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् । 

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा करिब २१ लाख ग्राहक महानुभावका साथ बैंक सञ्चालनमा रहेको र बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंक्ले जनाएके छ । बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखा, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ इकाइ तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधि छन् । 

वित्तीय समावेशीकरणका लागि यो बैंक मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकको दाबी छ ।





  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १८:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया