विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्‍याे

एजेन्सी– चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले विश्व महामारी घोषणा गरेको छ । 

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानोमले चीनबाहिर यो भाइरसका कारण संक्रमितको संख्या दुई साता यता १३ गुणाले बढेको जनाएका छन् । 

‘हामी चिन्तित छौँ,’ उनले भनेका छन्, ‘यसको संक्रमणको रफ्तार हामीले सोचेभन्दा बढी भइरहेको छ ।’

विश्व स्वास्थ्य संगठनले त्यस्ता रोगहरुलाई मात्र महामारीको संज्ञा दिन्छ जब ती रोगहरु विभिन्न देशमा एकै पटक फैलिन्छन् । तर अधानोमले अहिले नै देशहरुले के गर्नुपर्छ भन्नेबारे विश्व स्वास्थ्य संगठनले कुनै परिभाषामा परिवर्तन नगरेको पनि बताएका छन् । उनले यो भाइरस संक्रमणसँग लड्न विभिन्न देशका सरकारलाई उच्चतम एक्सन लिन अनुरोध गरेका छन् । 

‘विभिन्न देशले यो भाइरसलाई सप्रेस गर्न सकिन्छ भन्ने देखाएका छन्,’ उनले भने, ‘यो भाइरस कन्ट्रोल गर्न सकिन्छ ।’

उनले भाइरस संक्रमण रोक्ने अर्थमा देशहरुले मानवअधिकार चाहिँ उल्लघंन गर्न नहुने पनि स्मरण गराएका छन् । यसका लागि विश्व एक भएको र यो सम्भव भएको उनले बताएका छन् ।



यसअघि जर्मनकी चान्सलर एन्जेला मर्केलले युरोपका ७० प्रतिशत मानिसमा यो भाइरसको संक्रमण हुनसक्ने चेतावनी दिएकी थिइन् । उनले युरोपमा ५ करोडभन्दा धेरै मानिसमा यो संक्रमण हुनसक्ने बताएकी हुन् । 

युरोपको मुख्य केन्द्रविन्दु भएको इटालीमा यो भाइरस संक्रमणबाट १२ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । त्यहाँ सरकारले त्यहाँका स्कुल, जिम, नाइटक्लबलगायतका सार्वजनिक स्थलहरु बन्द गराएको छ । बुधबार मात्र इटालीका अधिकारीहरुले इटालीमा भाइरसका कारण ८ सय २७ जनाको मृत्यु भइसकेको जनाएका छन् ।



अहिले इरान र इटाली कोरोना भाइरसका कारण निकै संक्रमित भएका छन् । तर, यो अवस्था छिट्टै अरु देशमा पनि आउन सक्ने भन्दै चेतावनी दिइएको छ ।

  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार ०:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया