हार्वीलाई २३ वर्ष जेल सजाय

एजेन्सी— हलिउडका विवादास्पद फिल्म निर्माता हार्वी वाइनस्टीनलाई बलात्कार तथा यौन अपराधका विभिन्न मुद्दामा २३ वर्षको जेल सजाय सुनाइएको छ । 

वाइनस्टीनलाई गत महिना न्युयोर्कमा दोषी ठहर गरिएको थियो । 

बुधबार ६७ वर्षीय वाइनस्टीन ह्विल चेयरमा अदालतमा पुगेका थिए । त्यहाँ उनका वकिलले सजायमा छुटको अनुरोधगरेका थिए । उनका वकिलले उनलाई पाँच वर्षको जेल सजाय नै आजीवन कारावासको सजाय जस्तै हुने बताएका थिए ।

तर, अभियोजन पक्षले उनले जुन तरिकाले लामो समयसम्म महिलाहरुमाथि दुव्र्यवहार गरेका थिए र त्यसमा कुनै पश्चाताप नदेखिएकाले उनलाई अधिकतम सजाय दिनु पर्ने माग गरेका थिए । 





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार ०:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया