काठमाडौं– बिहिबार प्रतिनिधि सभामा बोल्दै सांसद प्रदीप यादवले नेपालमा विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर सरकारले यसलाई लुकाइरहेको आरोप लगाएका छन् ।
उनले अहिले कोरोना भाइरसका कारण विश्वका शक्तिशाली देशहरु गलिसकेको तर नेपाल सरकारले कुनै तयारी नगरेको आरोप समेत लगाए । ‘अमेरिका, युरोप, चीन पूरै गलिसके,’ उनले भने, ‘नेपालले के गरेको छ ?’
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ नागरिक कोरोना भाइरस संक्रमित भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिए पनि बाहिर नभनिएको आशंका समेत गरेका छन् ।
‘वास्तविकता के हो,’ उनले प्रश्न गरे, ‘के सरकारले जानकारी दिनु पर्दैन ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।