पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ घोषणा

काठमाडौं– नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ घोषणा भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै खरेलले उक्त अभियान सुरु गरेको घोषणा गरेका हुन् । 

अभियानका लागि पाँचसदस्यीय तदर्थ कार्यकारी समिति गठन भएको छ । जसमा रमेश खरेल स्वयं संयोजक रहेका छन् भने अभियानका सदस्यहरुमा देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशा श्रेष्ठ छन् । अभियानको मूल मुद्दा भ्रष्टाचार अन्त्य रहेको बताइएको छ । 

यसअघि खरेलले ज्ञानेन्द्र शाहीसँग मिलेर ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान घोषणा गर्ने तयारी गरेका थिए । तर, सैद्धान्तिक असहमति राख्दै खरेलसहितको टोली सो अभियानबाट ब्याक भएको थियो । खरेललगायत ब्याक भए पनि शाहीको नेतृत्वमा हाम्रो नेपाल, हामी नेपाली’ अभियान घोषणा भएको थियो ।  

छुट्टै अभियानको घोषणा गर्दै खरेलले अबको ६ महिना देश दैडाहा गर्ने र सबैसँग छलफल गरेर अभियानलाई राजनीतिक दलमा परिणत गर्ने–नगर्ने निर्क्यौंल गर्ने जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १७:९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया