उदयपुरबाट पक्राउ परे विप्लव समूहका १३ कार्यकर्ता

उदयपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका १३ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुबाट तीन पेस्तोल र १५ वटा बम बरामद गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुसँग नौ वटा सकेट बम र ६ वटा प्रेस कुकर बम बरामद भएको प्हरीले जनाएको छ । 

यो समूहले धनुषाबाट एक जनालाई अपहरण पनि गरेको जनाइएको छ । उनीहरु सिरहा र उदयपुरको सीमामा पर्ने कटारी नगरपालिकाको वडा नम्बर १ बाट पक्राउमा परेका हुन् । 





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १७:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया