शेयर कारोबार : नेप्से परिसूचक दोहोरो अंकले घट्याे

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । मंगलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से झण्डै ४६ अंकले घटेको छ ।  

नेप्से ४५.९१ अंकले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.१९ ले घटेर २९५.५० मा पुगेको छ । कुल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ४०.४२, व्यापार १२.०९, होटल ९२.६७, विकास बैंक ४६.६, जलविद्युत् ३२.९१, वित्त १५.३७, निर्जीवन बिमा ३१७, उत्पादन ७६.२५, अन्य १५.२२, लघुवित्त ८९.६३, जीवन बिमा २३७.३ र सामूहिक लगानी कोष ०.१९ ले घटेको छ । 

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ८२ लाख १५ हजार ६६८ बराबरको कारोबार भएको छ । यस्तै एनआइसी एशिया बैंक रु ११ करोड ६३ लाख ८५ हजार ६८३, एनएमबी बैंक रु नौ करोड ४१ लाख ६५ हजार २६१, शिवम् सिमेन्ट रु सात करोड ८२ लाख ४८ हजार १३९, हिमालयन डिस्टिलरी रु सात करोड सात लाख ६ हजार ६४६, नेपाल बैंक लिमिटेड रु पाँच करोड ८९ लाख ६९ हजार ४३१ र नबिल बैंक रु पाँच करोड २३ लाख ३० हजार ८६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी २.४८, एबिएल डिबेञ्चर १.९८, दिव्यश्वरी हाइड्रोपावर १.९६, नबिल व्यालेन्स फण्ड १.९६ र महिला सहयात्रा माइक्रोफाइनान्सका शेयरधनीले १.७० प्रतिशतले कमाएका छन् । 

त्यस्तै, स्वाभिमान लघुवित्त १०, राधी विद्युत् कम्पनी ९.५२, हिमाल दोलाख हाइड्रोपावर ९.२७, बोटलर्स नेपाल तराई ८.४५, स्पर्श लघुवित्त ८.०५, आइएमई जनरल इन्स्योरेन्स ७.१९ र नेपाल फाइनान्सका शेयरधनीले ७.१४ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १७:५५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया