कोरोना भाइरसः राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण रद्द
फाइल तस्वीर ।

काठमाडौं– संसारभर फैलिएको महामारी कोरोना भाइरसका कारण राष्ट्रपति विद्यादेजी भण्डारीको बंगलादेश भ्रमण रद्द भएको छ । उनी ९ चैतमा ढाका जाने कार्यक्रम थियो । 

बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको एक सयौँ जन्मदिनको विशेष कार्यक्रममा बंगलादेशले राष्ट्रपति भण्डारीलगायत दक्षिण एशियाली देशका प्रमुखहरुलाई बोलाएको थियो । यही कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि जाने कार्यक्रम थियो । तर, उनले पनि हिजोमात्रै कोरोना भाइरस संक्रमणकै कारण यो भ्रमण रद्द गरेका छन् ।

राष्ट्रपति भण्डारीले बंगलादेशमा हुँदा त्यहाँको संसदलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको थियो । 

परराष्ट्र मन्त्रालयका एक अधिकारीले फरकधारसँग कुराकानी गर्दै यसलाई पुष्टि गरेका छन् । ‘बंगलादेशमा पनि कोरोना संक्रमण देखिएको छ, र यतिबेला यो भ्रमण उचित नगर्नु नै ठिक होला भनेर रद्द भएको जानकारी हामीलाई पनि आएको छ,’ उनले भने, ‘यसरबारे औपचारिक जानकारी चाहिँ आउन बाँकी छ ।’





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १८:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया