एजेन्सी— कोरोना भाइरसबाट सबैभन्दा प्रभावित चीनले फेरि एकपटक यो भाइरस विश्वभर चीनबाट नभएर अमेरिकाबाट फैलिएको दाबी गरेको छ । चीनले वुहान सहरमा भएको यो भाइरस संक्रमणको कारण पनि अमेरिका सेना भएको हुनसक्ने अनुमान गरेको छ ।
अहिले विश्वका लागि कहर बनिरहेको यो कोरोना भाइरसको सबैभन्दा पहिलो पुष्टि चीनको हुबेइ प्रान्तमा भएको थियो । हुबेईको राजधानी वुहानमा यो भाइरस निकै छिटो संक्रमण फैलिएको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिजियन झाउले बिहिबार कोरोना भाइरस अमेरिकामा जन्मिएको र अमेरिकाबाट नै फैलिएको दाबी गरेका हुन् । उनले वुहानमा अमेरिकी सेनाका कारण भाइरस फैलिएको हुनसक्ने अनुमान पनि गरेका छन् ।
उनले अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशक रोबर्ट रेडफिल्डको एउटा भिडियो पनि सेयर गरेका छन् । ट्विटरमा यो भिडियो सेयर गर्दै उनले अमेरिका नै कोरोनाको उद्गम भएको पनि बताएका हुन् । त्यो भिडियोमा रोबर्टले कोरोना भाइरसबाट संक्रमित केही अमेरिकीको मृत्यु भएपछि मात्र उनीहरुलाई कोरोना भाइरस भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।