तीन हजारले घट्याे सुन

काठमाडौं– निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा शुक्रबार अनपेक्षित रुपमा तीन हजारले घटेको छ । 

बिहीबार रु ८१ हजार ५०० मा कारोबार भएको  प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ । 

महासंघका अनुसार गत मंगलबार तोलाका रु ८२ हजार ७०० मा कारोबार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार २०० ले कमी आएको थियो भने बिहीबार ८०० ले घटेको थियो ।

चाँदीको मूल्यमा पनि ४० ले गिरावट आएको छ । आज असली चाँदीको मूल्य ८ सय २० कायम भएको छ । 





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार १५:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया