अनेरास्वियुका नेता राईलाई करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय

काठमाडौं– सत्तारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्वियुका एक नेतालाई करणीसम्बन्धी कसुरमा कैद सजाय हुने भएको छ । अनेरास्वियुका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई अदालतले बिहीबार साढे ८ वर्षको कैद सजाय सुनाएको हो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई कैद सजायसहित एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तोकेको छ । सो क्षतिपूर्ति उनले पीडितलाई दिनुपर्ने गरी फैसला भएको हो ।

राई रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियुका पदाधिकारी पनि हुन् । उनले गत ११ कात्तिक (भाइटीकाको अघिल्लो दिन)मा आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेका थिए । त्यसको केही दिनमा पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । 

राईले आफूलाई देउसीभैलो खेल्न आउनू भनेर बोलाएको र मोटरसाइकलमा माकलबारीस्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको पीडित युवतीले बताएकी थिइन् ।





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार १५:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया