कोरोनाविरुद्ध लड्ने मोदीको प्रस्तावमा ओलीको स्वागत

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणविरुद्ध सार्क राष्ट्र एक भएर लड्न गरेको प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । मोदीले ट्विटमार्फत कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडिओ कन्फरेन्स गर्ने प्रस्ताव गरेका थिए । 

शुक्रबार दिउँसो ट्विटमार्फत प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् । मोदीको प्रस्तावको स्वागत गर्दै ओलीले त्यसका लागि नेपाल तयार रहेको बताएका हुन् । 

प्रधानमन्त्रीको ट्विटमा भनिएको छ – कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रको नेतृत्वले  बलियो रणनीति बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको म स्वागत गर्छु। मेरो सरकार यो प्राणघातक रोगविरुद्ध लड्न र हाम्रा नागरिकको सुरक्षा गर्न सार्क राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ ।

प्रधानमन्त्री ओलीले अस्पतालबाटै मोदीको प्रस्तावको जवाफ लेखेका हुन् । यसअघि भारतीय प्रधानमन्त्री मोदीले भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री ओलीलाई औपचारिक निम्तो नै पठाएका थिए ।





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार १६:२७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया