प्रधानमन्त्री ओलीलाई आज साँझ अस्पतालबाट डिस्चार्ज गरिने

काठमाडौं– गत फागुन १९ गते अस्पताल भर्ना भई २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिने भएको छ ।

त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएकाे जानकारी गराउँदै आज साँझ डिस्चार्ज गरिने बताएकाे हाे । 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज १० दिन भएकाे छ ।

उनकाे स्वास्थ्यमा लाभ भएकाे र डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा‍. प्रेमकृष्ण खड्गाले जानकारी गराए ।

 





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार १७:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया