१७ वर्षको वैवाहिक जीवन विच्छेद गर्दै पूर्वमिस नेपाल उषा खड्गी

काठमाडौं– पूर्वमिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी छिन् । 

खड्गीले आफ्नो फेसबुक एकाउन्टमा इमेज टेलिभिजनसँग गरेको कुराकानीको एउटा भिडियो क्लिप राख्दै १७ वर्षसम्म पनि आफूले शारीरिक तथा मानसिक यातना भोग्नु परेको भन्दै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको जानकारी दिएकी छिन् । 

खड्गीको १७ वर्षअघि जिपी तिमल्सिनासँग विवाह भएको थियो । उनले फेसबुक स्टाटसमा आफूले निरन्तर मानसिक तथा शारीरिक पीडा भोगेको, आफूमाथि हिंसा भएकाले अब यसलाई सहन नसक्ने भन्दै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको बताएकी छिन् ।

उनले सेयर गरेको भिडियो क्लिपमा देख्न सकिन्छ, वैवाहिक सम्बन्धबारे कुरा गर्दै गर्दा उनी भक्कानिएकी छिन् । केही समय केही बोल्न सकेकी छैनन् । ‘१७ वर्षपछि पनि यो सब व्यहोर्नुपर्छ भने केको लागि कुर्नै ?’ उनले भनेकी छिन्, ‘त्यसैले यो निर्णय भएको हो ।’

त्यसो त केही वर्षअघि देखि नै जिपी र उषाको सम्बन्धमा खटपट आएको भनिएको थियो । उनीहरुको डिभोर्स हुने कुरा यसअघि पनि चलेको थियो । यद्यपि अहिलेसम्म दुवै जनाले यसबारे मुख खोलेका थिएनन् । 



फेसबुकमा उषाले आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिँदै आफू अब आफ्ना लागि र आफ्ना बच्चाहरुका लागि झन् बलियो भएर उभिने बताएकी छिन् ।

जिपी र उषाबीच १९ वर्षअघि चिनजान भएको थियो । त्यसको दुई वर्षपछि उनीहरुले विवाह गरेका थिए । उषा र जिपीका एक छोरा र एक छोरी छन् ।



  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १०:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया