आलियाले किन भनिन्, पिता महेशजस्ता पति चाहिएन ?

एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्ट आजभोलि निकै चर्चामा आइरहेकी छिन् । त्यसो त बलिउडमा पाइला राखेपछि नै उनी बारम्बार चर्चाको केन्द्रमा हुन्थिन् । किनकि उनले त्यस्ता अभिव्यक्ति दिन्थिन् जुन सबैलाई अचम्म लाग्ने खालका हुन्थे । 

यहीबीच उनले केहीअघि आफूलाई बाबु महेश भट्टजस्तो पति नचाहिएको बताएकी थिइन् । यही कुरा अहिले सामाजिक सन्जालमा निकै छाइरहेको छ । 

त्यो अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मेरो र बाबाको राम्रो सम्बन्ध छ, हामी एक दुईसँग अत्यन्त नजिक पनि छौँ । हामी त सबै कुरा सेयर गर्छौँ, हामी साथी पनि हौँ । तर, मलाई पति बाबुजस्तो चाहिँदैन । किनकि मलाई एउटै महेश भट्ट काफी छन्, दुई वटा चाहिँदैन ।’

केही अघिसम्म आलियाले आफ्नो व्यक्तिगत जीवनबारे खासै बोल्ने गरेकी थिइनन् । तर, अब उनी आफ्नो प्रेमसम्बन्धबारे पनि खुलेर कुरा गर्ने भएकी छिन् । यहीबीच उनले रणवीर कपुरसँगको सम्बन्धबारे भनेकी छिन्, ‘जब म उनीसँग हुन्छु, अत्यन्त खुसी हुन्छु । शान्त र रिल्याक्स्ड महसुसस गर्छु ।’





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १०:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया