कोरोना भाइरसः मेसीले सम्झाए यसका फाइदा !

एजेन्सी— संसारभर कोरोना भाइरसको संक्रमण निकै बढ्दो छ । अर्जेन्टिनाका फुटबलर लियोनल मेसीले कोरोना भाइरसबारे नसुन्ने कुरै भएन । बरु डराइरहेको संसारलाई उनले केही फाइदा सेयर यसबाट राहत दिन खोजेका छन् । 

सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा तस्वीर राख्दै मेसीले भनेका छन्, ‘अहिले त जिम्मेवार हुने र घरमा सदस्यबीच रहने समय हो । हाम्रो लागि हाम्रो स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्छ । यो परिवारसँग समय बिताउने समय हो, यस्तो मौका कमै मिल्छ ।’

अहिलेसम्म १५१ देशमा कोरोना भाइरसका कम्तिमा पनि १,५६,५३३ संक्रमितको संख्या रेकर्ड गरिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या झन्डै ६ हजार पुगेको छ ।

उता, मेसीले कोरोना भाइरस प्रभावितको हौसला बढाउँदै लेखेका छन्, ‘यो सबैका लागि कठिन समय हो । म त जो अहिले उद्दारमा जुटेका छन्, उनीहरुको हौसला बढाउन चाहन्छु । उनीहरुलाई शक्ति पठाउन चाहन्छु ।’

मेसीले सबै खेलकुदका कार्यक्रमबाट आफू पर रहेर परिवारसँग छुट्टी मनाइरहेका छन् । कोरोना भाइरसको कहर बढेपछि अहिले सबै खेलकुदका कार्यक्रम रद्द गरिएकाले पनि मेसीले यो फुर्सद पाएका हुन् । 





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार ११:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया