कपिल शर्माको सोमा पुग्यो मुम्बई प्रहरी

एजेन्सी– भारतका कमेडियन कपिल शर्माको सो अहिले निकै चर्चित टिभी कार्यक्रममध्ये एक हो । केही दिनअघि मात्र यो टिभी कार्यक्रममा अक्षय कुमार, क्याट्रिना कैफलगायत आफ्नो फिल्म सूर्यवंशीको प्रमोसनका लागि पुगेका थिए । 

सँगसँगै उनीहरुसँग थिए, मुम्बई प्रहरी पनि । तर, मुम्बईको प्रहरी त्यहाँ अरु केही कारण होइन, कपिलले यो कार्यक्रम उनीहरुका लागि डेडिकेट गरेकाले पुगेका हुन् ।

अनि कपिलले मुम्बई प्रहरीसँग फोटो सेयर गर्दै भनेका छन्– तपाईंहरु दिनरात हाम्रो सुरक्षाका लागि काम गर्नुहुन्छ, छोटो समयका लागि नै किन नहोस्, आज तपाईंहरुसँग रमाइलो गरेर खुसी लागेको छ । 

फिल्म सूर्यवंशी २४ मार्चमा रिलिज गर्ने भनिएको थियो । तर, कोरोना भाइरसका कारण यसको रिलिज मिति सरेको छ ।





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार ११:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया