एजेन्सी– मिटू क्याम्पेनको समयमा अभिनेता नाना पाटेकरलाई आरोप लगाएकी अभिनेत्री तनुश्री दत्ता फेरि एकपटक समस्यामा परेकी छिन् । नानाको एनजिओ ‘नाम फाउन्डेसन’ले तनुश्रीविरुद्ध २५ करोड रुपैयाँको मानहानी मुद्दा दायर गरेको हो ।
योसँगै बम्बईको उच्च अदालतले तनुश्रीको प्रेस कन्फ्रेन्समा नाम फाउन्डेसनविरुद्ध आरोप लगाउनबाट रोकिदिएको छ ।
पछिल्ला दिन तनुश्रीले नानाले एनजिओको नाममा भ्रष्टाचार गरेको भन्दै गम्भीर आरोप लगाएकी थिइन् । त्यसपछि यो फाउन्डेसनले उनीविरुद्ध मुद्दा दायर गरेको हो । तर, तनुश्री अदालतमा उपस्थित भएकी छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।