कोरोना भाइरस संक्रमणको आशंकामा एक व्यक्तिलाई झापाबाट ग्रान्डी पठाइयाे

झापा– झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको आशंकामा उपचारका लागि आज काठमाडौं पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संक्रमणको आशंका गरिएको हो । 

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौं लैजान सिफारिस गरेका थिए ।

‘कोरोना भाइरस संक्रमण भएको आशंका चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ’, प्रजिअ रानाले भने, उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १७:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया