म्याड्रिड– स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजमा पनि कोरोना संक्रमण देखिएको छ । नोबेल कोरोना कोभिड–१९को आशंकामा परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको बताइएको छ ।
स्पेनका स्वास्थ्य अधिकारीहरुका अनुसार मन्त्रिपपरिषद्का दुई सदस्यमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमण हुनेहरुमा मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियास रहेका छन् ।
कोरोनाको संक्रमण तीव्र भएपछि स्पेनमामा चार करोड ६० लाख मानिस घरभित्रै क्वारेन्टाइनमा राखिएका छन् । कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएसँगै स्पेनले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
यसअघि सरकारले शुक्रबारदेखि नै मुलकभर आपत्काल घोषणा गरेको थियो । युरोपमा इटालीपछि स्पेन कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो ।
स्पेनमा हालसम्म कोरोनाका कारण १९६ जनाभन्दा बढीको मृत्यु भएको छ भने हालसम्म करिब ६ हजारभन्दा बढी मानिस यसबाट संक्रमित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।