काठमाडौं— विश्वभर सन्त्रासको स्थिति उत्पन्न गराएको कोरोना भाइरसबारे छलफल गर्न एक दिनअघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा एउटा अनुरोध सहित पोस्ट गरे । त्यसमा उनले लामो समयदेखि निस्क्रिय सरह भएको सार्कका मुलुकहरुबीच छलफल गर्ने कुरा उठाएका थिए ।
उनको यो अनुरोधलाई सबै सार्क राष्ट्रले सकारात्मक रुपमा लिए ।
फलस्वरुपः आइतबार साँझ सवा पाँच बजे यो भिडियो कन्फ्रेन्स सुरु भयो ।
कन्फ्रेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित ७ राष्ट्रका प्रमुखहरु थिए । तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसलाई बेवास्ता गरे । उनले कन्फ्रेन्समा आफ्नो सहभागिता जनाएनन् ।
उनको सट्टा पाकिस्तानका स्वास्थ्यमनत्री डा. जफार मिर्जा भिडियो कन्फ्रेन्समा जोडिए । मिर्जाले कन्फ्रेन्समा सार्क राष्ट्रको सम्मेलन नभएको लामो समय भइसकेको स्मरण पनि गराए ।
अहिले सार्कको अध्यक्ष राष्ट्र नेपाल हो । वर्षौअघि नेपालमा भएको सार्क सम्मेलनको प्रसंग निकाल्दै मिर्जाले यसलाई फेरि निरन्तरता दिनु पर्ने धारणा राखे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।