काेराेना भाइरस: घाेडेजात्रामा विशिष्ट व्यक्तिहरु सहभागी नहुने

काठमाडाैं— नेपाली सेनाले प्रत्येक वर्ष मनाउँदै आएको घोडेजात्रा पर्वमा यस वर्ष विशिष्ट व्यक्तिहरु सहभागी नहुने भएका छन् । 

कोरोना भाइरसको विश्वव्यापी संक्रमणलाई मध्यनजर गर्दै नेपाली सेनाले विशिष्ट व्यक्तिहरुको उपस्थितिविनै यस वर्ष घोडेजात्रा मनाउने भएको हो । 

यसअघिका घोडेजात्रामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीस लगायत विशिष्ट व्यक्तित्वहरुले घोडेजात्रा अवलोकन गर्ने गरेका थिए । 

तर, आइतबार साँझ एक विज्ञप्ती जारी गर्दै सैनिक जनसम्पर्क निर्देशनालयले भनेको छ, ‘हाल विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिडण्१९) का कारण मिति ११ चैत्रमा पर्ने यस वर्षको घोडेजात्रा समारोह नेपाली सेनाले परम्परालाई कायम राख्‍ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितिमा आयोजना गर्ने निर्णय गरेको  छ ।’   

सेनाले विश्वका विभिन्‍न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरेसँगै उक्त भाइरसको जोखिमलाई मध्यनजर गरी यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरिएको उल्लेख गरेको छ ।





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १९:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया