कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर देशैभर कर्फ्यु !

क्यारेबियन देश पोर्टो रिकोले कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर देशभर कफ्र्यु लगाएको छ । 

आइतबार त्यहाँका गर्भनर वान्डा भाक्वेज गार्सेदले स्पेनिस भाषामा भनेका छन्, ‘हामीले अरु देशमा लिइएको जस्तै निकै कडा कदम लिनु परेको छ ।’

तर, त्यहाँ सरकारी कर्मचारीहरुलाई यो कफ्र्यु नलाग्ने बताइएको छ । 

आजबाट सुरु भएको कफ्र्यु राति नौ बजेबाट विहान पाँच बजेसम्मका लागि अत्यन्त कडा हुने बताइएको छ । यो ३० मार्चसम्म लागु हुने बताइएको छ । त्यहाँको अस्पताल तथा बैंकहरुलाई चाहिँ कफ्र्युको समयमा पनि खुल्न दिइने बताइएको छ ।

यो देशमा अहिलेसम्म कोरोना भाइरसका जम्मा ३ संक्रमित भेटिएका छन् ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार ०:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया