एजेन्सी– जसरी संसारभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ, मानिसहरु यसका कारण डराउने क्रम पनि बढ्दो छ ।
अनि विश्वका विभिन्न देशमा मानिसहरुले अनेक उपाय अपनाइरहेका छन् जसले उनीहरुको जीवन सहज बनाइरहन सहयोग गरोस् ।
यस्ता समस्याहरुबाट बच्न बेलायतमा मानिसहरुले अब सपिङ मलबाट अत्यन्त धेरै सामान किनिरहेका छन् । कोरोनाको संक्रमण अत्यधिक बढ्दा घरमै बस्नु पर्ने अवस्था आउन सक्ने भन्दै उनीहरुले यो उपाय अपनाएका हुन् ।
अनि त्यहाँका सुपरमार्केटहरुले मानिसहरुले यस्तो गर्दा अन्य मानिसहरु जसलाई सामान आवश्यक छ, उनीहरुले पनि सामान नपाइरहेको बताइरहेका छन् ।
कतिपय लन्डन तथा बेलायतका सुपरमार्केटहरुले त सूचना नै टाँसेका छन्– आफूलाई आवश्यक सामान मात्र किन्नुहोस्, अर्को मान्छे खाली हात फर्किनु नपरोस् !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।