राैतहटमा पेस्ताेलसहित एकजना पक्राउ

राैतहट– रौतहटबाट पेस्तोलसहित सोमबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला रहेका छन् ।

बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान,  चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान बरामद भएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले जानकारी दिए ।

सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनलाई यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीबाट नियन्त्रणमा लिएको उनले बताए ।

बरामद गरिएका हतियारसहित बैतुल्लालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको उनले बताए ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १३:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया