कोरोना भाइरसः खाडी मुलुकमा पहिलो बहराइनमा पहिलो मृत्यु

काठमाडौं– कोरोना भाइरसको संक्रमण र यसका कारण भएका मृत्युहरुको रोकिन छाँटकाँट अझै देखिँदैन । बरु कोरोना भाइरस संक्रमण र यसका कारण मृत्यु हुनेहरुको संख्या विभिन्न देशमा बढ्दो छ । 

अब बहराइनले पनि आफ्नो देशमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको जनाएको छ । त्यहाँको स्वास्थ्यमन्त्रालयले ट्विटरमा यो जानकारी दिएको हो । 

स्वास्थ्यमन्त्रालयका अनुसार मृत्यु हुनेमा ६५ वर्षका बहराइनका नागरिक रहेका छन् । उनी अरु विभिन्न रोगबाट पनि ग्रसित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १४:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया