कोरोना भाइरसः सन् १९१८ पछि पहिलो पटक अमेरिकी अदालत बन्द

एजेन्सी– अमेरिकामा बढ्दो कोरोना भाइरस संक्रमणका कारण आम नागरिकलाई प्रवेश निषेध गरिएको सर्वोच्च अदालतले अब यो महिनाभर कुनै सुनुवाई नगर्ने भएको छ । कोरोना भाइरस संक्रमण पछि अमेरिकी सर्वोच्च अदालत बन्द हुन लागेको हो । 

यो अमेरिकामा सर्वोच्च अदालत बन्द भएको एक शताब्दिभन्दा पछाडि हो । यसअघि सन् १९१८ मा पनि सर्वोच्चले केही समय सुनुवाई नगर्ने बताएको थियो ।

यो निर्णय सुनाउँदै गर्दा सर्वोच्च अदालतले स्पेनिस फ्लू हुँदा सन् १९०० को दशकमा र येलो फिभर हुँदा १८ औं शताब्दिमा पनि बन्द भएको सुनाएको थियो । 

त्यहाँका अधिकांश न्यायाधीश पचास वर्षभन्दा माथिका भएका र यो समूहमा झन् धेरै कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै यो निर्णय गरिएको हो ।

सर्वोच्चमा अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको करसम्बन्धी मुद्दा र अन्य महत्वपूर्ण विषयमा सुनुवाई भइरहेको थियो ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार २२:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया