सरकारले उपत्यकामा १२० आइसियू बनाउने

काठमाडौं– कोरोना भाइरस संक्रमणको सम्भावना कम गर्न र त्यसपछिको समस्याबाट छुटकारा पाउन सरकारले उपत्यकामा १२० र नेपालभर एक हजार आइसियू बेड बनाउने निर्णय गरेको छ । 

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले उपत्यकामा आईसूयी बेड बनाउने अस्पतालहरु पनि तोकेको छ ।

सरकारले गरेको निर्णयअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०÷२० वटा आइसीयू बेड बनाइनेछ । यस्तै प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर पनि १२० आईसीयू बेड तयारी गरिने भएको छ ।

आज भएको निर्णयअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००र१०० आइसोलेटेड बेड बनाउने तयारी छ । भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाइने निर्णय भएको छ ।

सरकारले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई भत्ता दिने, २० हजार थान सेफ्टी किट, १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिद गर्ने निर्णय पनि गरेको छ । यो सबै काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् खरिद गरिने भएको छ ।

त्यस्तै, अब भारतसँगका सीमा नाकामा कडाई गर्ने निर्णय पनि सरकारले गरेको छ ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार २२:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया