टिपरको ठक्करबाट आमाछोरीको निधन, पनौती तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं– टिपरको ठक्करबाट आमा छोरीको निधन भएपछि काभ्रेको पनौती तनावग्रस्त भएको छ । 

त्यहाँ जम्मा भएको आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गर्नु परेको छ । आक्रोशित भीडमाथि जाइलागेको प्रहरीका हवल्दार घाइते भएका छन् । अन्य एक प्रहरी जवान पनि घाइते भएको जनाइएको छ ।

प्रदर्शनकारी तर्फ तीन जना घाइते भएका छन् ।

भीडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरोको थियो । 

सोमबार दिउँसो पनौतीको मानेश्वरी बसपार्कमा एउटा टिपरले ठक्कर दिँदा जानीमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए । उनीहरुको अस्पतालमा उपचारका क्रममा निधन भएपछि त्यहाँका स्थानीय विरोधमा उत्रिएका थिए ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार २२:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया