एजेन्सी– बलिउड इन्डस्ट्रीमा अहिले सबैभन्दा चलेकी गायिका हुन्, नेहा कक्कड । तर, उनी आफूलाई गायनमा मात्र सिमित राख्न चाहन्नन् । उनी त चान्स पाएको खण्डमा हिन्दी फिल्ममा पनि आउने तयारीमा रहेकी छिन् ।
तर, उनकै अनुसार यसका लागि उनीसँग एउटा सर्त चाहिँ सबैले मान्नुपर्छ ।
अनि उनले राखेको त्यो सर्त हो– फिल्म हिट हुनुपर्छ । भारतीय मिडियालाई दिएको एक अन्तर्वार्तामा उनले भनेकी छिन्– फिल्म निकै हिट हुने हो भने मात्र म आफूलाई त्यहाँ परीक्षा गर्न सक्छु नत्र म त्यता पाइला नै राख्दिनँ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।