चीनमा विद्यार्थी जान थाले विद्यालय

एजेन्सी–कोरोना भाइरसले अहिले विश्व आक्रन्त बनेको छ । तर, यसको सुरुवात भएको चीनमा चाहिँ विस्तारै जीवन फेरि लयमा फर्किन थालेको छ । 

त्यहाँका केही प्रान्तहरुमा अब पसल खुल्न थालेका छन् । मानिसहरु आफ्नो दैनिकीमा फर्किन थालेका छन् । 

चाइना सेन्ट्रल टिभीले त दक्षिण पश्चिम चीनको गुइझाऔ प्रान्तमा विद्यालयहरु पनि खुल्न थालेको जनाएको छ । त्यहाँ एक महिनाभन्दा बढी समयसम्म सबै विद्यालयहरु बन्द भएका थिए । 

पछिल्ला केही दिन यता कोरोना संक्रमित व्यक्तिहरुको संख्या पनि चीनमा निकै कम हुन थालेका छन् । चीनमा कम हुँदै गए पनि अब युरोप र अमेरिकामा कोराना भाइरसको संक्रमण निकै डरलाग्दो रुपमा बढिरहेको छ ।

हेर्नुस्, बिबिसीले बनाएको एउटा भिडियो जहाँ विद्यार्थीहरु एक महिनापछि आफ्नो विद्यालय फर्किएका छन्ः 





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार ०:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया