कोरोना भाइरसको खोप परीक्षण हुँदै

एजेन्सी– कोरोना भाइरस महामारीबाट जोगाउन विकास गरिएको खोप पहिलोपटक मानवमा परीक्षण हुने भएको छ ।

जर्मनीकाे ट्युबिनजेनस्थित जर्मन बायोफर्मासिटिकल कम्पनी कियाेरभ्याकमा काेराेना खाेप अनुसन्धानकाे कार्यबारे प्रदर्शन गर्दै एक कर्मचारी । फाइल तस्बिरः राेयटर्स

अमेरिकी सरकारको आर्थिक सहयोगमा निर्मित खोप परीक्षण सियाटलस्थित केइजर पर्मान्टे रिसर्च फ्यासिलिटीमा सोमबारबाट सुरु हुने र त्यसका लागि ४५ जना स्वास्थ्य स्वयंसेवक तयार रहेका अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। स्वस्थ व्यक्तिमै खोप परीक्षण हुन लागेको हो। खोपमा वास्तविक कोरोना भाइरसको कुनै मात्रा नरहेको तर भाइरसबाटै लिइएको हानि नहुने खालका जिनेटिक कोड भने हुने अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

यो खोपले काम गर्छ वा गर्दैन भन्ने पत्ता लगाउन कैयौं महिना लाग्न सक्ने उनीहरुको भनाइ छ। पहिलो चरणमा बिरामीको कोषलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक पर्ने प्रोटिन उत्पादनका लागि सक्रिय बनाउने वैज्ञानिकको योजना छ।





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार १:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया