काभ्रे— टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको पनौतीमा अहिले बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्को सुचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए। उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसपछि आक्रोशित आफन्तजनले पनौतीमा आन्दोलन गरेका थिए । सोमबार साँझदेखि भएको आन्दोलन नियन्त्रणमा नआएकोले कर्फ्यु जारी गरेको हो। आक्रोशित भीड र प्रहरीबीच झडप समेत भएको थियो। त्यसक्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार र आन्दोलनकारी घाइते भएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।