नेतृत्व परिवर्तनकाे पक्षमा प्रकाशमान सिंह

काठमाडाैं– कांग्रेस नेता प्रकाशमान सिंहले आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन नभए पार्टीलाई जनताले नपत्याउने बताएका छन् । 

काठमाडौं महानगरपालिकामा पार्टीबाट विजयी वडाध्यक्ष र क्षेत्रीय सभापतिसँग मंगलबार छलफल गर्दै नेता सिंहले नेतृत्व परिवर्तन अनिवार्य भएको बताए । 

‘जनता सत्तारूढ दलबाट आजित भएका छन्,’ उनले भने, ‘तर कांग्रेस नेतृत्वका कारण जनता कांग्रेसप्रति आकर्षित हुन सकिरहेका छैनन् । नेतृत्व परिवर्तनविना कांग्रेसमा जनताको आकर्षण बढ्दैन ।’ 

नेता सिंहले विधिअनुसार नचलेका कारण पार्टी कमजोर भएको बताए । 





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार १३:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया