Thu, 09 Apr, 2020


कोरोना भाइरसः स्थगित गरियो पाकिस्तान सुपर लिग
फरकधार / चैत ४, २०७६

एजेन्सी– कोरोना भाइरसले विश्वभर तहल्का मच्चाइरहँदा खेलकुदका गतिविधि पनि निकै प्रभावित भएका छन् । यहीबीच पाकिस्तान क्रिकेट बोर्डले पनि पाकिस्तान सुपर लिग रद्द गर्ने फैसला गरेको छ । 



मंगलबार लाहोरमा भएको प्रेस सम्मेलनमा यो जानकारी दिइएको हो । 

त्यहाँ आइपुगेका विदेशी खेलाडीलाई कोरोना भाइरस देखिएको र उनीहरुलाई देशबाट फिर्ता पठाइएको पनि पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्