काठमाडौं– पूर्वसन्चारमन्त्री गोकुल बाँस्कोटाले आफू सत्यसँग कहिल्यै नझुक्ने बताएका छन् ।
केही दिनअघि उनको घरमा भएको बम विस्फोटको विषयमा आएको यो उनको पहिलो प्रतिक्रिया हो । उनले सामाजिक सन्जाल ट्विटरमा एउटा ट्विट लेख्दै भनेका छन्– सत्यसग नलड्ने झुठसग नझुक्ने बम गोला जे हाने पनि मेरो जिवनको सङकल्प यति हो ।
स्मरण रहोस्, सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको प्रकरण बाहिरिएपछि बाँस्कोटाले सन्चारमन्त्री पदबाट राजीनामा दिएका थिए । यही विषयलाई उठाउँदै नेत्रविक्रम चन्द विप्लवले उनको घरमा बम विस्फोट गराएको थियो ।
सत्यसग नलड्ने झुठसग नझुक्ने बम गाेला जे हाने पनि मेरो जिवनकाे सङकल्प यति हाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) March 17, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।