काठमाडौ– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका कोरोना भाइरसको आशंका गरिएका पाँचमध्ये तीनजनामा संक्रमण नभएको पाइएको छ । दुईजनाको भने रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
उनीहरु सबै विभिन्न देशबाट नेपाल आएका थिए । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले अस्पताल पठाएको थियो । तीमध्ये तीनजना सोमबार र दुईजना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा भर्ना भएकामध्ये चारजनालाई आइसोलेटेड बेडमा राखिएको थियो भने एकजनामा निमोनिया पनि देखिएकाले आइसियूमा भर्ना गरिएको थियो । तीनजनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।