ताताेपानी अनिश्चितकालका लागि बन्द

विश्वभरि कोरोना भाइरस फैलिन थालेपछि म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी कुण्ड आउँदो शनिबारदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ । 

दैनिक सयौँ व्यक्ति नुहाउने कुण्ड बन्द नगर्दा काेराेनाकाे जाेखिम बढ्ने भएकाले सतर्कता अपनाएर बन्द गर्ने निर्णय गरिएकाे कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । 

प्राकृतिक तातोपानीमा बिरामी निको हुने भन्दै स्नान गर्न आउँदा भाइरस संक्रमण भएको खण्डमा ठूलो समस्या सिर्जना हुने भएकाले सतर्कता अपनाएको उनले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयलगायत सरोकारवालासँग छलफल गरी कुण्ड बन्द गर्ने निर्णय भएको शाक्यले बताए । 

अहिले तातोपानीमा नुहाउन आउनेको घुइँचो हुने समय हो । कोरोनाको जोखिम कम भएपछि मात्र अर्काे सूचना जारी गरेर संचालन गर्ने निर्णय भएको छ । तातोपानीको कुण्डमा अहिले दैनिक तीन सय स्नान गर्दै आएको समितिले जनाएको छ । 

जमिनभित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको यहाँ गन्धक र बिरेनुनको गन्ध आउँछ । तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्टिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायत रोग निको हुने विश्वास छ । 





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार २१:३६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया