चुराेट छाड्न केसम्म गरेनन् रणबीरले ?

अभिनेता रणवीर कपुर १५ वर्षको उमेरमै चुरोटको लतमा फसेको र त्यसबाट छुटकारा पाउन विदेश गएरसमेत उपचार गरेको बताएका छन् ।

भारतीय मिडियाका अनुसार रणवीरले चुरोटको लत हटाउन अस्ट्रिया गएर उपचार गर्नुपरेको थियो । त्यतिवेला डाक्टरले उनको कानमा इन्जेक्सन लगाएका थिए । चार महिनाको निरन्तर उपचारपछि उनले केही समय चुरोट छाडेका थिए ।

तर, पछिल्लो एक महिनायता आफूले फेरि चुरोट पिउन थालेको बताएका छन् । चुरोटको लत छाड्न उनले इलेक्ट्रिक सिगरेटको समेत प्रयोग गरेको बताए । तर, त्यसले पनि आफ्नो बानी नहटाएको उनी बताउँछन् ।

अचेल भने पहिलाको भन्दा निकै कम मात्रामा चुरोट तान्ने गरेको बताउने रणवीर फेरि यो बानीमा परिणत हुन्छ कि भन्ने त्रासमा छन् । उनी प्रायः प्रेमपीडाको तनावका कारण कुलतमा फस्ने गरेको बताइन्छ ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार ६:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया