लुगा लगाउन २ घन्टा खर्चिने शासक

यी शासक लुगा लगाउन मात्रै दुई घण्टा खर्चिन्थे – विश्व राजनीतिमा फ्रान्स राम्राज्यका सम्राट नेपोलियन बोनापार्टको चर्चा अहिले पनि उत्तिकै हुन्छ ।

नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म फ्रान्सको सम्राट भएका उनले सन् १८१५ मा फेरि दोस्रोपटक नेतृत्व गरेका थिए । उनको समयमा भएका सबै युद्धमा उनले फ्रान्सको नेतृत्व गर्दै पूरै युरोपलाई आफ्नो अधीनमा राखेका थिए । सन् १८१५ अघि प्रायः सबै लडाइँ जितेर युरोप महादेशका पूरैजसो भूभाग आफ्नो कब्जामा राखेका थिए ।

शासक नेपोलियनको लाइफस्टाइल अचम्मको थियो । उनी राजनीति र लडाइँका योजनामा जति कुशल थिए, लवाइमा पनि उत्तिकै पोख्त । त्यसैले त उनी ‘पर्फेक्टनिस्ट’का रूपमा चिनिन्छन् । उनी नुहाउन र पहिरनमा मात्रै दुई घण्टाभन्दा बढी समय खर्चिन्थे रे !

बिहान ६ बजे नै उठिसक्नुपर्ने बानी भएका उनी सबैभन्दा पहिले कफी पिउँथे । त्यसपछि नुहाएर राजकीय पोसाक लगाउनमा समय खर्चिन्थे । विशेष र राम्रो पहिरन चाहिने उनी बिहानको दुई घण्टा त्यसैका लागि समय दिन्थे ।

बिहानको खाजा लिनुअघि ‘वाक’मा निस्किने उनको नियमित तालिका थियो । ग्यास्ट्रिकका रोगी भएकाले उनी थोरै मात्रै खाना खान्थे ।

 





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार ६:४०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया