बाबुराम भट्टराईकाे स्वास्थ्य सामान्य, आजै डिस्चार्ज गरिने

स्वास्थ्यमा समस्या भएपछि समाजवादी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

एक्कासि ढाड दुखेपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको डा.भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । 

सल्लाहकार पाण्डेका अनुसार रक्त सञ्चालनमा अवरोध पुगेको आशंकामा सबै परीक्षण गरिएको हो । तर, सबै सामान्य देखिएको छ । डा. भट्टराईलाई आजै डिस्चार्ज गरिने तयारी छ ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १३:१६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया