चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृतसहित तीनजना घाइते

कास्की– पोखरामा बिहीबार बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीनजना घाइते भएका छन् । स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासि आक्रमण गरेको थियो ।

पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृत श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

वन अधिकृत श्रेष्ठ र सशस्त्र प्रहरी हवल्दार थापा सामान्य घाइते भएका थिए । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।  स्थानीय श्याम थापाको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

थापाको टाउको र पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ । चितुवालाई बिहान १०:५० बजेको समयमा नियन्त्रणमा लिई वन कार्यालयको जिम्मा लगाइएको छ ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १३:४०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया