काठमाडौं– लोक सेवा आयोगले ८ चैत पछिका सबै लिखित परिक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
६ चैतमा बसेको आयोगको बैठकले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै यो निर्णय गरेको हो । बैठकले चैत मसान्तसम्मका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचना प्रकाशन गरेको छ ।
लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।
सरकारले यसअघि विभिन्न कलेज तथा विद्यालय, एसइई र विश्वविद्यालयका परीक्षा स्थगित गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।