डा. रुद्र मिश्र स्वर्गद्वारी आश्रमकाे प्रमुख उत्तराधिकारीमा नियुक्त

प्युठान— पवित्र तीर्थस्थल स्वर्गद्वारी आश्रम प्रमुखको उत्तराधिकारीमा डा. रुद्र मिश्र ‘ध्रुवश्री’ चयन भएका छन् । आश्रम प्रमुख भागवतानन्द गिरीले मंगलबार मिश्रलाई उत्तराधिकारीमा नियुक्त गरेका हुन् । 

ध्रुवश्रीलाई रुद्रानन्द बह्मचारी नामकरणसमेत गरिएको छ । गिरीले श्रीशक्ति महायज्ञको समापनको अवसर पारेर आफनै चेला डा. मिश्रलाई उत्तराधिकारी बनाएको घोषणा गरेका हुन् । उनले एक वर्षसम्म उपासना बसेर श्रीशक्ति महायज्ञ सञ्चालन गरेका थिए ।  

स्वर्गद्वारी आश्रममा गुरुले चेलालाई पहिले उत्तराधिकारी र पछि आश्रम प्रमुखको जिम्मेवारी तोक्ने परम्परा छ । मिश्रले वेद विषयमा विद्यावारिधि गरेका छन् ।

स्वर्गद्वारी आश्रमका नाममा दाङको लमही, घोराही, तुलसीपुरलगायत महत्त्वपूर्ण स्थानमा १ हजार ५० बिघाभन्दा बढी जग्गा–जमिन छ । 





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १५:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया