काेराेनाविरुद्ध लड्न अमेरिकाले दियाे नेपाललाई २१ कराेड

काठमाडौँ — अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई करिब २१ करोड रूपैंया सहयोग गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तीका अनुसार कोरोना भाइरस सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन उक्त रकम सहयोग गर्ने घोषणा गरिएको हो।

‘यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (यूएसएआईडी) को संक्रमक सरुवा रोगविरुद्ध आपतकालीन सञ्‍चित कोषको एक हिस्सा हो,’ विज्ञप्तीमा भनिएको छ। दूतावासका अनुसार कूल रकमको करिब १३ करोड रुपैयाँ कोरोना रोकथाम बारे समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्‍न प्रयोग गरिने छ।

‘यो रकम २०७६ फागुन २३ गते अमेरिकी सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएका व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को खेपका अतिरिक्त हो,’ विज्ञप्तीमा उल्लेख छ।

यसअघि फागुन २३ मा अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई रोक्न सरकारलाई अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको थियो। यी पीपीई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले प्रदान गरेको गरेको थियो।

अमेरिकाले नेपाललाई हस्तान्तरण गरिएका उपकरणमा मास्क, चेहरा कवच,जुत्ता ढाक्ने खोल, सर्जिकल टोपी, ट्राउजर तथा ट्युनिक र थर्मोल्यास थमोमिटर थियो।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १८:३६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया