युएईमा २ नेपालीलाई काेराेना संक्रमण

यूएईमा कार्यरत २ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार दुई नेपालीसहित थप १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । योसँगै यूएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

युएई स्वास्थ्य मन्त्रालयले काेराेनाको पहिलाे संक्रमित फेला पारेकाे पुष्टि गरेपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क लगाएका एक पर्यटक गन्तव्यतर्फ लाग्दै । 

सोमबार थपिएका नयाँ संक्रमितहरुमध्ये २ नेपाली, ४ स्थानीय, ३ इटालियन, २ बंगलादेशी र १/१ जना रुसी, भारतीय र सिरयाली नागरिक रहेको गल्फ न्युजले उल्लेख गरेको छ।

यूएईमा हालसम्म ५ जना संक्रमित उपचारपछि निको भएर फर्किसकेको त्यहाँको मन्त्रालयले जनाएको छ। उपचार गरेर फर्केनहरुमा २ स्थानीय, २ इथोपियनर १ थाइल्यान्डका नागरिक छन्।

संक्रमितहरुको कडा स्वास्थ्य सुरक्षाकाबीच उच्च सतरकर्ता अपनाएर उपचार भइरहेको गल्फ न्युजले बताएको छ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १८:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया