फोनपे को ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना स्थगित

काठमाडौं–‘फोनपे’को जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना ११ हप्तासम्म सफल रूपमा सम्पन्न भएको छ ।

२ जनवरी २०२० देखि सुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन, दैनिक उपहार योजनाअन्तर्गत ३ सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् भने ३ सय ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेका छन् ।

विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड नगर्न गरेकोे निर्देशन अनुसार ‘फोनपे उपहार योजना’ अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। स्वास्थमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई पनि कोरोना नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइने फाेन पेले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १८:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया