राष्ट्रिय सभाका बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं– पछिल्लो समय कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न सतकर्ता अपनाउने भन्दै राष्ट्रिय सभाका बैठक स्थगित गरिएको छ । आज शुक्रबारका लागि बोलाइएको बैठक पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । 

सरकारले बुधबार नै २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको थियो । तर, बिहिबार राष्ट्रिय सभा बैठक बस्यो । पूर्वनिर्धारित कार्यक्रम भएकाले बिहिबारको राष्ट्रिय सभा बैठक बसे पनि शुक्रबारदेखि यसलाई स्थगित गरिएको हो । 

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको उनका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिएका छन् ।

संसदको तल्लो सदन प्रतिनिधि सभा पनि यसअघि नै स्थगित गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक १३ चैतका लागि बोलाइएको छ । तर, त्यो बैठक पनि स्थगित हुने सम्भावना बढेको छ । 





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार ११:७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया